वीरगंज, ४ पुस ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुरस्थित स्वास्थ्य चौकीमा आजदेखि प्रसुती सेवाका लागि बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको बताएका छन्।
मेयर सिंहका अनुसार बर्थिङ्ग सेन्टर सञ्चालनमा आएसँगै भवानीपुर तथा आसपासका क्षेत्रका गर्भवती महिलाहरूले अब टाढा जानु नपरी आफ्नै वडामै सुरक्षित र सहज रूपमा प्रसुती सेवा लिन सक्नेछन्। यसले समय, खर्च र जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यअनुसार यो बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको मेयर सिंहले उल्लेख गरेका छन्। उनले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै महानगरपालिकाले स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा निरन्तर काम गरिरहेको पनि बताएका छन्।
स्थानीय बासिन्दाहरूले बर्थिङ्ग सेन्टर सञ्चालनलाई स्वागत गर्दै यसले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा स्वास्थ्य सेवाको गुणस्तर सुधार हुने अपेक्षा व्यक्त गरेका छन्।
