पूर्व प्रहरी नेतृत्वद्वारा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बधाई तथा शुभकामना

समाचार

काठमाडौं ,५ पुस। नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चको आयोजनामा अवकाश प्राप्त प्रहरी महानिरीक्षक (आईजीपी) हरूको उपस्थितिमा वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक तथा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहरा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न समयका अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरूले प्रहरी महानिरीक्षक कार्कीलाई सफल कार्यकालको कामना गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले नेपाल प्रहरीको संस्थागत विकास, व्यावसायिकता अभिवृद्धि, सुशासन तथा नागरिकमैत्री प्रहरी सेवाको सुदृढीकरणमा वर्तमान नेतृत्वको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। साथै, विगतका अनुभव र सिकाइलाई आत्मसात गर्दै संगठनलाई अझ सशक्त, पारदर्शी र उत्तरदायी बनाउन सुझावसमेत प्रदान गरिएको थियो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अवकाश प्राप्त नेतृत्वप्रति आभार व्यक्त गर्दै उनीहरूका अनुभव र मार्गदर्शनले नेपाल प्रहरीको सुधार तथा आधुनिकीकरणमा थप प्रेरणा मिल्ने बताउनुभयो। उहाँले संगठनलाई विधि, अनुशासन र जनविश्वासको आधारमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *