स्रोत नखुलेको बाह्र लाख रकमसहित पर्सामा २ जना मानिसहरू पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,२७ बैशाख ।

पर्सामा स्रोत नखुलेको बाह्र लाख रकमसहित २ जना ब्यक्तिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार बैशाख २६ गते साझ ५ बजेको समयमा पर्सा बिन्दबासीनी गाउँपालिका वडा नं.५ प्रसौनीभाटा पुल स्थित जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने  प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको चेकीङ टोलीले वीरगञ्जबाट प्रसौनीभाठ्ठातर्फ जाँदै गरेको BR 05 S 4702 नम्बरको भारतीय मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाइकलमा पछाडि सवार भारत विहार जिल्ला पुर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ताले बोकेको कालो झोलामा स्रोत नखुलेको नेपाली रु.१००० दरका नोट ८०० थान र ५०० दरको नोट ८०० थान गरी जम्मा रु.१२ लाख  फेला परेको हुँदा मोटरसाइकल चालक भेलाहि वडा नं. ६ बस्ने बर्ष २६ को मुसाहेब आलम र निज धनन्जय कुमार गुप्तालाई उक्त मोटरसाइकल र नगद सहित नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

पक्राउ परेका निजहरू विरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई  थप अनुसन्धान तथा आवश्यक  कारवाही भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *