बिरगंज ,१७ बैशाख।
सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्सा मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले रु.२१ लाख ७ सय बराबरको मोबाईलका पार्टस, घडी ,मोटर पार्टस र भारतीय कार नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
चेकजाँचको क्रममा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी )सुरज रिजालको कमाण्डमा खटिएको टोलीले बैशाख १५ गते भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु ४ लाख ९६ हजार ९सय बराबरको मोबाईल पाट्स,मोबाईलको डिस्प्ले ,चार्जर डाटा केवल र घडी भन्सार मेनगेटबाट नियन्त्रणमा लिएको छ।
बैशाख १६ गते बिशेष सुचनाको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको बिआर५ एएक्स ३४७९नम्बरको मारुती सुजुकी एसप्रेसो कारलाई डिएसपी सुरज रिजालको कमान्डमा चेकजाच गर्दा उक्त गाडिमा फल्स बटम बनाई लुकाई छुपाई राखेको रु १६ लाख ३ हजार ८ सय बराबरको मोटर पार्टस र कार नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
बरामद भएको मोटर पार्टसहरु रिङ्ग पिस्टन-६ सेट,क्लज प्रेसर प्लेट- १ थान,भेल-२४ पिस,रिङ्ग सेट-१ डिब्बा,GLEITIAGER-२ डिब्बा,PLEG EXPANSION-१प्याकेट, BUSHING-१ प्याकेट,BUSH KIT-१ प्याकेट,दाति-२पिस,सापट -२ पिसर नटबल्टु सहितको रड-२२पिस रहेको प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले जनाएको छ।
