वीरगञ्ज, असार ११ ।चोरी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा चार महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
फरार अपराधी तथा अदालतबाट सजाय तोकिएका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिँदै आएको पर्सा प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।
