सिमरा सडक दुर्घटनामा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

समाचार

बारा, १५ भदौ ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–०२ पानी ट्याङ्की नजिक आज दिउँसो भएको भीषण मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर रहेको छ।

मिति २०८२ भदौ १५ गते अन्दाजी १:१० बजे सिमरा बाट पथलैया तर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रौतहट गुजरा गा.पा.–७ का २५ वर्षीय रोशन चौधरीको टाउको र दुवै खुट्टामा चोट लागी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर, उपचारको क्रममा दिउँसो ३:२० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

यसैगरी सप्तरी बसवलपुर न.पा.–७ का २८ वर्षीय महेश पण्डित पनि गम्भीर घाइते भई एल.एस. न्युरो परवानिपुरमा उपचारको क्रममा दिउँसो २:४५ बजे मृत्यु भएको हो।

सोही दुर्घटनामा रौतहटकै ३४ वर्षीय भुपेन्द्र चौधरी गम्भीर घाइते भएका छन्। उनको दाहिने हात र बायाँ खुट्टामा चोट लागी हाल परवानिपुरस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *