पर्सामा सशस्त्र प्रहरीद्वारा छापामारी ,करिब १२ लाखको अबैध सामान बरामद।

समाचार

रसीद आलम,पर्सा, मंसिर ४ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हे.क्वा पर्साबाट खटिएको टोलीले बिरगंज महानगरपालिका-१० र १३ मा छापामारी गरी करिब १२ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजका डिएसपी सुरज रिजालको नेतृत्वमा १५ जनाको टोली र बिरगंज भन्सार कार्यालयका नायब सुब्बा सुवर्ण पौडेलसहित ३ जनाको संयुक्त टोलीले छापामारी सञ्चालन गरेको थियो।

बिरगंज महानगरपालिका-१० आदर्शनगरस्थित राजेन्द्र बरैको घरबाट भारतबाट भन्सार छलि ल्याइएको ६ लाख १४ हजार ४ सय रुपैयाँ बराबरको कपडा र महानगरपालिका-१३ तेजारथ टोलस्थित शाहा पार्टी प्यालेसबाट ५ लाख ८२ हजार ३ सय रुपैयाँ बराबरका काजु र खजुर बरामद गरिएको छ।

यसैगरी, बिओपी ड्राइपोर्टबाट खटिएको टोलीले चेक प्वाइन्टमा जाँच गर्ने क्रममा भारतबाट भन्सार छलि ल्याउँदै गरिएको ३२ हजार ४ सय रुपैयाँ बराबरको कपडा र किराना सामान पनि बरामद गरेको छ।

बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु हरि घिमिरेले जानकारी दिनुभएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *