बिरगंज ,४ मंसिर ।
पर्सा जिल्लाको जिराभवानि गाउँपालिका–३ सहजानपुरमा प्रतिबन्धित लागुऔषध गाँजाको खेती नष्ट गर्न अभियान सुरु गरिएको छ। मिति २०८१ मंसिर ४ गते, दिउँसो १:१५ बजेबाट बिओपी महादेवपट्टीका सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र बहादुर विष्टको कमाण्डमा १३ जनाको टोली र इलाका प्रहरी कार्यालय सेढ्वाका प्रहरी नायब निरीक्षक राजाराम यादवको नेतृत्वमा ४ जनाको टोलीले संयुक्त रूपमा खेतबारीमा लगाइएका गाँजाका बिरुवा काटेर नष्ट गर्ने कार्य थालेका छन्।
उक्त अभियानमा स्थानीय क्षेत्रका सुरक्षाकर्मीहरूको सक्रियता देखिएको छ भने गाँजाको अवैध खेती नियन्त्रणका लागि थप कदम चालिने बताइएको छ।
