सिम्रौनगढमा करेन्ट लाग्दा महिलाको मृत्यु

समाचार

बारा, १५ भदौ ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–५ कोनिहाटी चौरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

आज दिउँसो करिब ३ः३० बजे आफ्नै खेतमा पानी हाल्न जडान गरिएको बिजुली मोटरको तार काट्ने क्रममा करेन्ट लाग्दा कचोर्वा बस्ने ५० वर्षीया अनिता देवी यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाँस काट्ने क्रममा हसियाले तार काट्दा अचानक करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा मुचुल्का सहितको टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *