काठमाडौंका विभिन्न स्थानबाट ५ विदेशी नागरिक नियन्त्रणमा, अध्यागमन विभागमा बुझाइयो

समाचार

काठमाडौं ,१७ कार्तिक । सशस्त्र प्रहरी बल, नेपालले गैरकानुनी रूपमा लुकिछिपी बस्दै आएका पाँच जना विदेशी नागरिकलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।

मिति २०८३ साल कात्तिक १६ गते प्राप्त विशेष सूचनाका आधारमा एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गण हेडक्वार्टरबाट खटिएको संयुक्त टोलीले काठमाडौंका विभिन्न स्थानमा विशेष निगरानी तथा खोजतलास गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका पाँचै जना विदेशी नागरिकलाई आवश्यक कानुनी प्रक्रिया तथा थप कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

गैरकानुनी रूपमा बसोबास गर्ने विदेशी नागरिकको पहिचान तथा नियन्त्रणका लागि विशेष सूचना र गुप्तचर संयन्त्र परिचालन गर्दै सुरक्षा निकायले निगरानी र कारबाहीलाई निरन्तरता दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *