बोल्न र सुन्न नसक्ने ५० वर्षीय रामबहादुर बलायर काठमाडौंबाट हराए, प्रहरीले खोजीमा सहयोग गर्न आग्रह

समाचार

काठमाडौं,१५ साउन  । कागेश्वरी मनोहरा नगरपालिका–७ फोसपार्क निवासी अन्दाजी ५० वर्षीय रामबहादुर बलायर हराएको भन्दै नेपाल प्रहरीले सर्वसाधारणसँग खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार रामबहादुर बलायर २०८३ असार २६ गते बिहान करिब ५:३० बजे घरबाट हराएका हुन्। उनी बोल्न र सुन्न नसक्ने (श्रवण तथा वाक् अपाङ्गता भएका) व्यक्ति भएकाले खोजी कार्यमा थप संवेदनशीलता अपनाउन प्रहरीले अनुरोध गरेको छ।

हराएका बलायरको हुलिया अनुसार उनको उचाइ करिब ५ फिट ५ इन्च, वर्ण गहुँगोरो रहेको छ। हराउँदा उनले फिक्का निलो टी–सर्ट, गाढा निलो ट्राउजर तथा कालो जुत्ता लगाएका थिए।

उनीबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी परिसर, काठमाडौं मा सम्पर्क गर्न नेपाल प्रहरीले आग्रह गरेको छ।
सम्पर्क नम्बर:
नेपाल प्रहरी आपतकालीन सेवा: १००
जिल्ला प्रहरी परिसर, काठमाडौं: ९८५१२८३०१२

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *