बारा, असार १३।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। सम्मानित बारा जिल्ला अदालत कलैयाबाट दोषी ठहर भई जरिवाना तोकिएका धनेश राम (उमेर ३२), निवासी कलैया उपमहानगरपालिका वडा नं. १५ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, अभियुक्त फरार रहेर लुकिछिपी बसिरहेको अवस्थामा मिति २०८२ असार १२ गते पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत कलैयामा बुझाइएको हो।
उक्त अभियोगमा रामलाई अदालतले १,००० रुपैयाँ जरिवाना तोकेको थियो। अभियुक्त लामो समयदेखि फरार रहेकाले खोजी तीव्र पार्दै आएको प्रहरीले जनाएको छ।
