नयाँ दल जसपाबाट तीन मन्त्री बन्दै,उपमहासचिव प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

राजनीति समाचार

काठमाडौं ,३१ बैशाख । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरको छ ।

जसपाले उप महासचिव प्रदीप यादव र सचिव रञ्जु ठाकुर लाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै ठाकुरको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन ।

उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि सो मन्त्रालय खाली भएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *