महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खर्ब बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो

समाचार

काठमाडौँ,१४ जेठ  । बेरुजु रकम करिब करिब १२ खर्ब रुपैयाँ पुगेको छ । आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।

गत वर्षको भन्दा यो सवा २ खर्ब रुपैयाँले बढी हो । गत वर्ष बेरुजु रकम ९ खर्ब ५९ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

यो वर्ष संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था समेतको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँको लेखा परीक्षण सम्पन्न भएको बताइएको छ । सोबाट संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट ९५ अर्ब ६० करोड बेरुजु

कायम भएको छ । सोमध्ये ३ हजार २७७ संघीय सरकारी निकायको २४ खर्ब ६१ अर्ब ११ करोड लेखापरीक्षणबाट ४६ अर्ब ५३ करोड अर्थात १.७९ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनले औंल्याएको छ ।

प्रदेशतर्फ १ हजार २७० कार्यालयको ३ खर्ब २३ अर्ब ३४ करोडको लेखा परीक्षणबाट ६ खर्ब ५७ अर्ब अथवा २.०३ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले देखाएको छ ।

 

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश:

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।

आइतबार महालेखापरीक्षक तोयम रायाले शितलनिवासमा आयोजिक एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

महालेखापरीक्षक रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *