भन्सार छली गरी ल्याइएका ९ लाख रुपैयाँ बराबरका सामान प्रहरीको नियन्त्रणमा

समाचार

सप्तरी, १९ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका विभिन्न प्रहरी इकाइहरूले भारतबाट अबैध रूपमा भन्सार छली गरी ल्याइएका कपडा र किराना सामानसहित करिब ९ लाख ४२ हजार ८ सय ८५ रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिएका छन्।

प्रहरीका अनुसार विभिन्न मिति र समयमा भारतबाट चोरी–पैठारी गरी ल्याइँदै गरेको अवस्थामा ती सामानहरू नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको थियो। सोही सामानहरूलाई मिति २०८२ साल कार्तिक १८ गते आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार अबैध रूपमा भन्सार छली गरी सामान ओसारपसार गर्ने व्यक्तिहरू विरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले यस किसिमका अवैध व्यापार तथा चोरी–पैठारी गतिविधि नियन्त्रण गर्नका लागि निगरानी र चेकजाँचलाई अझ कडा पारिएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *