बिरगंज ,२४ जेठ ।
पर्साको बिरगंज -१६ नगवामा एक जना ४० वर्षीय पुरुष आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका हरिहर साह सोनारको छोरा वर्ष ४० को कन्हैया साह सोनार बुधबार राती करिब ८ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृतक साहको लासलाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको प्रहरी चौकी नगवाले जनाएको छ।
सो सम्बन्धमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
हत्या हो या आत्महत्या प्रहरीको अनुसन्धान पछी प्रष्ट हुने स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
