बिरगंज स्थित सिद्धार्थ बैंकको भवनमा भीषण आगलागी।

समाचार

बिरगंज ,१७ असार।

पर्साको बिरगंज मेनरोड आदर्श नगरमा रहेको सिद्धार्थ बैंकको भवनमा भीषण  आगलागी भएको छ।

सोमबार बेलुकाको ४ बजे लागेको आगो नेपाल प्रहरी,बिरगंज महानगरपालिका , बिहार पुलिस लगायतका बरुण यन्त्रद्वारा आगलागीलाई नियन्त्रण गर्न प्रयास गरिएको थियो ।

राती लगभग ८ बजेको समयमा स्थानीय प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना तथा महानगरका कर्मचारी लगायत स्थानीयहरुको सहयोगमा आगो पुर्ण रुपले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

सो आगलागी नियन्त्रण गर्ने प्रयासमा सशस्त्र प्रहरी पर्साका एसपी राधेश्याम धिमाल घाइते भएका छन् ।उनको हातको औंला कटिएको सशस्त्र प्रहरीले जनाएको छ।

के कारणले आगलागी भएको र के -कति क्षति भएको विवरण थप अनुसन्धानपछी आउने प्रहरीले प्रारम्भिक प्रतिक्रिया दिएको छ।

तर प्रत्यक्षदर्शीहरुको अनुसार सर्ट सर्किट भैइ आगलागी भएको आशंका गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *