सशस्त्रका ४ एसएसपी डिआईजीमा बढुवा सिफारिस।

समाचार

काठमाडौं, २६ माघ । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ  ।

 

बुधबार बसेको बढुवा समितिको बैठकले ४ जना बरिष्ठ उपरिक्षकलाई डिआइजीमा बढुवा गर्नका लाािग सिफारिस गरेको हो ।  सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ ।

 

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा  सुरेशकुमा श्रेष्ठ , अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *