रसीद आलम।पर्सा ,बिरगंज ,माघ २६।पर्सा प्रहरीले स्रोत नखुलेको अठार लाख रकम सहित २ जना ब्यक्तिलाई पक्राउ गरेको छ । ।
वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्यगेट स्थित जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी वल नेपाल पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउने सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा बि आर ०५ ए भि ६८७१ नम्बरको कालो रंगको होण्डा मोटरसाइकल तथा बि आर ०५ ए टि ८९६७ नम्बरको कालो रंगको होण्डा मोटरसाइकल चलाइ वीरगञ्जतर्फ आउँदै गरेको व्यक्तिहरूले हेलमेटभित्र लुकाइ छिपाइ ल्याइएको श्रोत नखुलेको नेपाली रू.१८,००,०००।- (अठार लाख ) फेला परेको हुँदा निजहरूलाई उल्लेखित नगद र उक्त नम्बरहरुको मोटरसाइकल सहित नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नयाब उपरीक्षक दिपक गिरिले बताएका छन ।
पर्सा प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.१० बस्ने वर्ष २५ को राकेश कुमार र भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.११बस्ने वर्ष २७ को प्रसंजित कुमार रहेका छन् ।
निजहरुबाट ने.रू.१००० दरका नोट-१२०० थान, ने.रु.५०० दरका नोट-१२०० थान गरी जम्मा रू.१८,००,०००।लाख बरामद भएको प्रहरीले जानकारी गराएको छ ।
उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रवक्ता गिरिले जानकारी दिएका छन ।