रसीद आलम,वीरगञ्ज, २८ कार्तिक ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–०८, घण्टाघर चोकमा ना.३ ख ७९१० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। कार्तिक २७ गते राति करिब १०:५५ बजे उक्त ट्रकमा रहेको बिल विजकभन्दा बढी मूल्यको खुद्रा तथा कपडाका सामान काठमाण्डौंतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रवक्ता डिएसपी दिपक भारतीका अनुसार नियन्त्रणमा लिइएको ट्रकमा करिब ४८ लाख ५६ हजार ४ सय ३१ रुपैयाँ बराबरको मालसामान रहेको र यसबारे थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको छ।
