रसीद आलम ,वीरगञ्ज, २८ कार्तिक ।
वीरगञ्ज महानगरपालिका–१६, बसपार्कस्थित देव दरबार होटल अगाडि सडक पेटीमा अन्दाजी ३०–३५ वर्ष उमेरको एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८१।०७।२७ गते साँझ करिब ७:२० बजे उक्त स्थानमा मृतकको शव फेला परेको हो।
मृतक पुरुषको पहिचान हालसम्म खुल्न नसकेकोले उनलाई चिन्ने जो-कोहीले जिल्ला प्रहरी कार्यालय पर्सासँग सम्पर्क राख्न अनुरोध गरिएको छ। मृतकको हुलिया अनुसार उनको लम्बाई ५ फिट २ इन्च रहेको, उनले खैरो र सेतो बुट्टाको सर्ट र निलो जिन्स पाइन्ट लगाएका छन्। उनको शरीर मध्यम रहेको र उनी तराईवासीजस्तो देखिने विवरण प्रहरीद्वारा सार्वजनिक गरिएको छ।
मृतकलाई चिन्ने वा पहिचान गर्न सहयोग गर्न चाहनेले ९८५५०९०१३६, ९८५५०९०३२९ वा ९८५५०२८२८५ मा सम्पर्क राख्न प्रवक्ता डिएसपी दिपक भारतीले अनुरोध गरेका छन् ।
