७ जना फरार प्रतिवादी पक्राउ गरी बारा जिल्ला अदालतमा पेश

समाचार

बारा,२९ कार्तिक । जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा रहेका विभिन्न प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले अदालतबाट सजाय तोकिएका ७ जना फरार प्रतिवादीहरूलाई खोजी गरी पक्राउ गरेको छ।

बारा जिल्ला अदालत, कलैयाले विभिन्न मुद्दामा दण्ड सजाय सुनाएका यी व्यक्तिहरू फरार थिए। मिति २०८१ कार्तिक २८ गते उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि अदालतमा पेश गरिएको हो।

पक्राउ परेका प्रतिवादीहरूमा चेक अनादर, ज.ज.क. लगायतका मुद्दामा संलग्न विभिन्न व्यक्तिहरू रहेका छन्। यस क्रममा सम्मानित अदालतले तोकेको जरिवाना रकम र कैद भुक्तान गर्न बाँकी रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेका प्रतिवादीहरूको विवरण यस प्रकार छः

१. पहलाद चौधरी – जीतपुरसिमरा उपमहानगरपालिका ९, चेक अनादर (जरिवाना: ५००/-) २. सरिता चौधरी – जीतपुरसिमरा उपमहानगरपालिका ९, चेक अनादर (जरिवाना: ३००/-) ३. राधाराम दुसाध – जीतपुरसिमरा उपमहानगरपालिका ९, चेक अनादर (जरिवाना: ५००/-) ४. अतुल राय – जीतपुरसिमरा उपमहानगरपालिका ७, चेक अनादर (जरिवाना: ५००/-) ५. करण सहनी – जीतपुरसिमरा उपमहानगरपालिका ७, केराढोका ज.ज.क. (सजाय: २ वर्ष, ६ महिना कैद, जरिवाना: ३०,०००/-) ६. अनसारूल हल अंसारी – कलैया उपमहानगरपालिका १५, बकुलहर (चेक अनादर, जरिवाना: १,०००/-) ७. पन्नालाल मण्डल – कलैया उपमहानगरपालिका १६, उत्तर झिटकैया वन (सजाय: १ वर्ष कैद, जरिवाना: ५,७८९.२५/-)

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *