पत्रकार महतको उपचारमा सहयोग गर्न सरकारसँग प्रभु साहको आग्रह

समाचार

रौतहट ,१७ साउन  । पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले पत्रकार फणि महतको उपचारमा सहयोग गर्न सरकार संग आग्रह गरेका छन । उनले जीवन र मृत्युको दोसाँधमा जुधिरहेका पत्रकार फणि महतको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

काठमाडौको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यक्रियासमेत गरिरहेका महतलाई यतिवेला पुनः सोही समस्या बल्झिएको छ । उनले केही समयअघि चिकित्सकको सुझावअनुसार भारतको नयाँ दिल्ली गएरपनि उपचार गराएका थिए । तर, गम्भीर आर्थिक अभावको कारण उपचारमा बाधा सिर्जना भएको छ।

लामो समय पत्रकारितामार्फत आफ्नो व्यवसायिक धर्म निर्वाह गर्दै देश र जनताको हितको लागि निर्भिक रही सधैं सही र तथ्यपरक सूचना सम्प्रेषण गरेर महत्वपूर्ण योगदान दिनुभएको निष्ठावान पत्रकार महतको उपचारमा वर्तमान सरकारले विशेष पहल लिएर आर्थिक सहयोग प्रदान गरोस अध्यक्ष साहले माग गरेका छन्।

सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङमार्फत महतको उपचारको लागि तत्काल सहयोग राशि घोषणा गर्न पूर्व मन्त्री साहले सरकारसमक्ष माग गरेका छन् । साथै, सहयोगी मनलाई उनको उपचारमा सहयोग गरिदिनुहुन हृदयदेखि नै अपिल गर्दछु उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।

पत्रकार फणि महत अनपुर्ण पोस्ट दैनिकको रौतहट सम्बादाता तथा चन्द्रनिगापुरबाट संचालित रेडियो सुप्रीमका अध्यक्ष हुन् । उनी नेकपा एमाले निकट प्रेस चौतारीका मधेश प्रदेशका अध्यक्ष पनि हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *