काठमाडौं, ८ माघ
चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो ।
गैंडाको बच्चा प्राकृतिक कारणले मरेको आशंका गरिएको उनले बताए । तर मरेको वास्तविक कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने तिवारीको भनाइ छ ।
