बिरगंज ,२४ मंसिर ।
झापा जिल्लाको काँकडभिट्टाबाट कार्तिक २४ गते सीमा क्षेत्रको भौगोलिक अध्ययन, सीमावासी नागरिकका समस्या तथा सुरक्षा चुनौतीका विषयमा प्रत्यक्ष अवलोकन गर्ने उद्देश्यले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) युकेश उप्रेतीले सुरु गरेको साइकल यात्रा मंसिर २३ गते कञ्चनपुरको गड्डाचौकीमा पुगेर सम्पन्न भएको छ।
करिब एक महिना लामो यस यात्रामा उनले देशका विभिन्न सीमा नाका, बस्ती तथा संवेदनशील क्षेत्रहरूको निरीक्षण गरी स्थानीयको समस्या, अवैध गतिविधिका जोखिम, आवागमनका चुनौती र भौगोलिक अवस्थाबारे विस्तृत जानकारी संकलन गरेका थिए।
साइकलमार्फत गरिएको यो यात्रा सीमा सुरक्षाप्रति सशस्त्र प्रहरीको प्रतिबद्धता र व्यावहारिक अध्ययनमा आधारित कार्यदक्षता अभिवृद्धिमा उपयोगी हुनेछ भन्ने विश्वास गरिएको छ।
