नवलपरासी ,२४ मंसिर ।
मंसिर २२ गते नारायणी नदीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको शव नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–५ कुसुमघाटस्थित शिव मन्दिर नजिक नारायणी नदीको किनारमा फेला परेको छ।
उक्त शव मंसिर २३ गते सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको टोलीले खोजतलासका क्रममा भेटाएको हो।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
