रसीद आलम ,बिरगंज ,२६ भदौ।
पर्सा प्रहरीले करिब ४ करोडको मालसामान लोड रहेको दुईवटा ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा भदौ २५ गते राती ८:४० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ मा लु १ ख ७५३२, ना ३ ख ५४९ नम्बरको दुईवटा मालबाहक ट्रकहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।सो ट्रकहरुमा ३ करोड ९३ लाख ८८ हजार ६ सय ३१ बराबरको व्हिस्की र कम्प्युटर माउस लगायतका मालबस्तुहरू लोड रहेको एसपी कुमोध ढुंगेलले जनाए ।
ट्रकहरुको साथमा रहेको विल विजक सन्कास्पद रहेको तथा विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई ट्रकहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए।
