बिरगंज ,२८ भदौ।
बिरगंजमा एक बंगलादेशी नागरिक पक्राउ परेको छ।पर्सा प्रहरीले चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्क स्थितमा रहेको आर्यन होटल एण्ड लजको कोठा नम्बर २०२ मा महमद सहादत हुसेन नाम गरेका बंगलादेशी नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ।
बंगलादेश सिलेट होबीगंज होल्डिङ नं. ७७७ ठेगान भएको वर्ष २९ को महमद सहादत हुसेनसंग चेकजाँचको क्रममा पासपोर्ट भिसा लगायत आवश्यक कागजपत्रहरू नरहेको हुँदा पक्राउ गरी आवश्यक कारवाहीको लागी अध्यागमन कार्यालय वीरगञ्जमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जनाएका छन् ।
भदौ २६ गते राती १०:१५ बजेको समयमा पर्सा प्रहरीले चाँडपर्वलाई लक्षित गरी वीरगञ्ज स्थित रहेका होटलहरूको चेकजाँच गर्ने क्रममा निज बंगलादेशी नागरिक हुसेनलाई नियन्त्रणमा लिएको डिएसपी भारतीले जानकारी गराएका छन् ।
<span;>
