४२ लाखको लागूऔषध सहित नेपाली युवक रक्सौलमा पक्राउ

समाचार

बिरगंज , २ मंसिर। नेपालको प्रमुख द्वार तथा आर्थिक नगरी बिरगंज संग सिमाना जोडिएको भारतीय सहर रक्सौलमा एकजना नेपाली युवक ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परेका छन्।

 

गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित बिरगंजका युवा राजा हुसैन लाई पक्राउ गरेको हो। मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले रक्सौल प्रहरी चौकी र एन्टी लिकर टास्क फोर्सको संयुक्त टोलीले ४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित राजा हुसैन लाई सनिवार पक्राउ गरेको बताएका छन् ।

 

हुसैनको साथबाट ठूलो परिमाणको चरेस,ब्राउन सुगर,कोरेक्स सिरप,  खाली कोरेक्सका डब्बा, नेपाली नम्बरको स्कुटर र मोटरसाइकल बरामद गरिएको एसपी प्रभातले जानकारी दिएका छन्।  पक्राउ परेका राजा हुसैन वीरगञ्ज मुर्ली टोलका बासिन्दा हुन्।

 

एसपी स्वर्ण प्रभातका अनुसार बरामद लागुऔषधको बजार मूल्य ४२ लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ।

 

पक्राउ परेका हुसैन प्रहरी नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान पश्चात  कारबाहीका प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *