मकवानपुरमा चोरीका सुनचाँदीका गहना सहित दुई जना

समाचार

मकवानपुर, २ मंसिर ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ कमाने निवासी ४२ वर्षीय सन्तोष अधिकारीको घरबाट सुनका गहना, नगद, र मोबाइल चोरी भएको घटनामा संलग्न दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले अनुसन्धानको क्रममा हेटौंडा-१५ घर भई हाल वडा नं. ४, भैरवरोडस्थित डेरामा बस्ने २४ वर्षीय मनोज पुलामी मगरलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनले चोरी गरेको सुनका गहनामध्ये केही हेटौंडा-७ नागस्वतीस्थित शिवशक्ति सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धीरज विश्वकर्मालाई बिक्री गरेको स्वीकारे।

पक्राउ परेका व्यक्तिहरूबाट ३.५ तोला सुन र ५ तोला चाँदीका गहना बरामद गरिएको छ। उनीहरूमाथि मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *