सशस्त्र प्रहरी बलद्वारा २४औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बिदेश राजनीति समाचार

पर्सा,  माघ ७ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा २४औँ सशस्त्र प्रहरी दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित गणको प्राङ्गणमा नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथि रहेका थिए।

उक्त कार्यक्रममा नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, र नेपाली सेनाका से.ना.नि. देव बहादुर बोहराको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रम बिहान ८:३० बजे सुरू भई ११:४० बजे समाप्त भएको थियो। कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए, जसमा ५६ जना पुरुष र १ जना महिला सहभागी थिए।

कार्यक्रमका बारेमा जानकारी दिँदै सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी नरेन्द्र सिंह धामीले समाजसेवामा सशस्त्र प्रहरी बलको भूमिका निरन्तर रहने बताएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *