आइजिपी वसन्त कुँवरलाई छानबिन गर्न संसदमा माग

बिदेश राजनीति समाचार

काठमाडौं ,१९ माघ ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरमाथि छानबिन गर्न प्रतिनिधिसभामा कुरा उठेको छ।

शुक्रबार सुरू भएको प्रतिनिधिसभाको पाँचौं अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुखमाथि छानबिनको माग गरे।

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछानेमाथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरि उहाँको नेतृत्वमा रबि लामिछानेमाथि मुद्दा चलाउने काम उहाँ माताहातबाटै भयो, त्यसैले उहाँमाथि छानबिन हुनुपर्छ,’ उनले भने।

सहकारी ठगी प्रकरणमा लामिछाने गृहमन्त्री हुँदा कुँवरले राज्य व्यवस्था समितिमा गएर उनीमाथि कुनै प्रमाण नभेटिएको बताएका थिए।

लामिछाने गृहबाट हटेपछि यिनै महानिरीक्षक कुँवर मातहतले लामिछानेमाथि प्रमाण खोजेर मुद्दा चलाइरहेको छ।

लिङ्देनले लामिछानेको सम्पत्ति छानबिन गरेर भने सरकारले ठिक गरेको बताए। ‘सबैको सम्पत्ति छानबिन गरौं न, किन उहाँको मात्रै,’ उनले भने।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *