बारा, फागुन २।
प्रहरीले पथलैया बारामा रु. २४ लाख ५७ हजार ७२३ बराबरको अवैध सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ।
फागुन १ गते दिउँसो करिब ४:०० बजे प्रहरी चौकी पथलैयाबाट प्र.ब.ना.नि. रोशन अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगंजबाट काठमाडौं जाँदै गरेको ना ६ ख ६३९५ नम्बरको ट्रक जाँच गर्दा बिल बिजकभन्दा बढी तथा स्रोत नखुलेको सामान फेला पारेको थियो।
ट्रकमा मोटर पार्ट्स, पेपर, पंखा मोटर लगायतका विभिन्न सामग्री रहेको पाइएपछि प्रहरीले सामानसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्र.नि. बलराम श्रेष्ठका अनुसार प्रहरीले नियमित जाँचका क्रममा उक्त सामान बरामद गरेको हो।
