पर्सामा सशस्त्र प्रहरीको ठूलो सफलता : खल्वाबाट ७ लाख ७६ हजार रुपैयाँभन्दा बढीका औषधि बरामद

समाचार

वीरगञ्ज,८ कार्तिक  । पर्सामा सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइरहेको सशस्त्र प्रहरी बल नेपालले वीरगञ्जबाट ठूलो परिमाणमा विभिन्न प्रकारका औषधि बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बी.ओ.पी. ड्राईपोर्टबाट खटिएको पैदल गस्ती टोलीले २०८३ साल कात्तिक ७ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित सीमावर्ती क्षेत्रमा पर्ने धान खेतबाट बेवारिसे अवस्थामा रहेका विभिन्न प्रकारका औषधि बरामद गरेको हो।

सीमावर्ती क्षेत्रमा नियमित गस्ती तथा निगरानी गर्ने क्रममा धान खेतमा बेवारिसे अवस्थामा औषधि फेला परेपछि सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ। बरामद औषधिको अनुमानित मूल्य रु. ७ लाख ७६ हजार ८ रुपैयाँ रहेको छ।

सीमावर्ती क्षेत्रलाई प्रयोग गरी हुन सक्ने अवैध ओसारपसार तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले गस्ती र निगरानीलाई निरन्तरता दिँदै आएको छ। यसैक्रममा खल्वा क्षेत्रबाट औषधि बरामद हुनुलाई सीमा क्षेत्रमा भइरहेको निगरानीको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

बरामद गरिएका औषधिहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जनाइएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले निगरानीलाई प्रभावकारी बनाउनुका साथै शंकास्पद गतिविधिमाथि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *