रौतहटमा चट्याङ लागेर एक वृद्धको मृत्यु

समाचार

रौतहट, असार १ । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ६५ वर्षीय सियाराम वनिया बिहान करिब ८:१५ बजे घरअगाडि बाँधिएको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ लाग्दा गम्भीर घाइते भएका थिए।

गंभीर अवस्थाका वनीयालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, उपचारकै क्रममा बिहान करिब १०:०० बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउने क्रम रोक्न सचेतना र सुरक्षाका उपाय अपनाउनु आवश्यक देखिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *