नेपाल–चीन सीमामा नेपाल, सशस्त्र र चिनियाँ सुरक्षा निकायको संयुक्त गस्ती

समाचार

हुम्ला ,२५ असार ।नेपाल–चीन सीमा क्षेत्रमा सुरक्षा समन्वय, आपसी सहकार्य तथा सीमाको प्रभावकारी निगरानीलाई थप सुदृढ बनाउने उद्देश्यले हुम्लाको नाम्खा गाउँपालिकास्थित सीमा क्षेत्रमा संयुक्त पैदल गस्ती सम्पन्न गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. हिल्साबाट खटिएको टोली, नेपाल प्रहरी तथा चिनियाँ प्रहरीको संयुक्त टोलीले मिति २०८३ जेठ २२ गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–५ स्थित सीमा स्तम्भ नम्बर ९ देखि सीमा स्तम्भ नम्बर ८ सम्म संयुक्त पैदल गस्ती सम्पन्न गरेको हो।

संयुक्त गस्तीका क्रममा सीमा क्षेत्रको सुरक्षा अवस्था, सीमाको प्रभावकारी निगरानी तथा दुवै देशका सुरक्षा निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको जनाइएको छ।

यस्ता संयुक्त गस्तीले नेपाल–चीन सीमा क्षेत्रमा शान्ति, सुरक्षा र आपसी विश्वास अभिवृद्धि गर्नुका साथै सीमापार हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *