बारा, असार १ ।
सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश जितपुरद्वारा लागुऔषधसहित ठूलो परिमाणमा इन्जेक्सन बरामद गरिएको छ।
असार १ गते अन्दाजी २:३५ बजे बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–०७ लल्कापुलस्थित सशस्त्र प्रहरी सुरक्षा वेश जितपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश चन्द्र भट्टको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले चेकजाँचको क्रममा वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको यात्रुबाहक बसमा शंका लागि जाँच गर्दा वेवारिस अवस्थामा राखिएको झोलाबाट ठूलो मात्रामा लागुऔषध फेला परेको हो।
फेला परेका लागुऔषधहरु निम्नानुसार रहेका छन्:
• फेनेर्गन (Phenergan) इन्जेक्सन – ५०० थान
• बुप्रेनोर्फिन (Buprenorphine) इन्जेक्सन – ५०० थान
• डायाजेपाम (Diazepam) इन्जेक्सन – ५०० थान
बरामद गरिएका लागुऔषधहरू स्थानीयको रोहवरमा सशस्त्र प्रहरी वेश जितपुरको कम्पाउन्ड भित्र नष्ट गरिएको तथा घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।