१३ वर्षीय बालक हराएको सूचना, देख्नेलाई सम्पर्क गर्न आग्रह

समाचार

रक्सौल, बैशाख २८। पूर्वी चम्पारणको रक्सौल नगरपालिका–७, अहिरवा टोला निवासी १३ वर्षीय बालक समर कुमार बैशाख २७ गते शनिबार बिहानदेखि हराइरहेका छन्। बालकका पिता अमरदेव यादवका अनुसार उनी विहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

परिवारले बालकलाई कतै देखेमा वा सम्पर्कमा आएकाहरूले नजिकको स्थानीय सुरक्षा निकायमा जानकारी गराउन वा मोबाइल नम्बर ९१९९३४२८२८ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

हराएको बालकको नाम: समर कुमार
बुवा: अमरदेव यादव
ठेगाना: वडा नम्बर ७, अहिरवा टोला, रक्सौल, पूर्वी चम्पारण
सम्पर्क: ९१९९३४२८२८

कुनै पनि जानकारी भएमा शीघ्र सम्पर्क गर्न परिवारजनले हार्दिक अनुरोध गरेका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *