खानेपानी मन्त्री प्रदीप यादवद्वारा डुबेर ज्यान गुमाएका विद्यार्थीका परिवारलाई समवेदना

समाचार

पर्सा , वैशाख २८। पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने खानेपानी मन्त्री तथा सांसद प्रदीप यादव वीरगंज महानगरपालिका–१६ निवासी सोनालाल पटेलको निवासमा पुगेर शोकाकुल परिवारजनलाई सान्त्वना प्रदान गरेका छन्।

उहाँका जेठा छोरा २२ वर्षीय मनिष कुमार पटेल, जो लुधियानास्थित कलेजमा बी. फार्मा अध्ययनरत थिए, तालिमका लागि भारतको उत्तरप्रदेश राज्यको बस्ती जिल्लामा गएका थिए। फर्कने क्रममा, मई ८ तारिखका दिन बेला नदीमा नुहाउँदा दुर्भाग्यवश डुबेर उहाँको असामयिक निधन भएको थियो।

मन्त्री यादवले यस दु:खद घटनाबाट आफू मर्माहत भएको जनाउँदै स्व. मनिष कुमार पटेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

श्रद्धाञ्जली अर्पण गर्ने क्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि सहभागी थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *