सशस्त्र प्रहरी पर्साद्वारा लागुऔषधसहित किशोर पक्राउ

समाचार

पर्सा, चैत २० । सशस्त्र प्रहरी बल नेपाल, पर्साले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ।

मंगलबार साँझ करिब ५:५५ बजे वीरगञ्ज-१६ भन्सार चेकपोस्टमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतको रक्सौलबाट टाँगामा वीरगञ्जतर्फ आउँदै गरेका एक किशोरलाई शंका लागि जाँच गरेको थियो। सो क्रममा जिल्ला बारा, महागढीमाई नगरपालिका-१४, भौराका १३ वर्षीय चन्दन सहनीले बोकेको झोलाभित्र आलुबाट छोपेर लुकाइएको ५० बोतल प्रतिबन्धित ओनेरेक्स कफ सिरप (CODEINE PHOSPHATE & TRIPROLIDINE HYDROCHLORIDE SYRUP) फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीले किशोरलाई लागुऔषधसहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रहरी चौकी इनर्वामा बुझाएको छ। सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी, नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले सो घटना बारे जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *