सशस्त्र प्रहरी पर्साद्वारा भारी मात्रामा लागुऔषध बरामद गरेको छ।
पर्सा, जेठ ६ ।सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको टोलीले वीरगञ्ज महानगरपालिका–२ स्थित भगुवा नाकाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा लागुऔषध बोकी नेपालतर्फ आउँदै गरेका दुई जना व्यक्तिहरुले सशस्त्र प्रहरीको टोलिलाई देखेपछि उनीहरू लागुऔषध फालेर भारततर्फ भागेका थिए।
प्रहरी टोलीले उनीहरूले छोडेको Tramol-50 mg (Tramadol Hydrochloride) नामक ८१,४९० ट्याब्लेट बरामद गरेको हो।
सशस्त्र प्रहरीले उक्त लागुऔषध आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको जनाएको छ।
प्रहरीका अनुसार ट्रामाडोल औषधि मानसिक असर पार्ने शक्तिशाली औषधि भएकाले यसलाई बिना अनुमति नेपाल भित्र्याउन निषेध गरिएको छ।
