सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता

समाचार

काठमाडौं ,२२ जेठ । सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्।

बिहीबार अपराह्न सशस्त्रका दुई गोताखोर नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

‘हाम्रा दुई जना गोताखोर नदीमा बेपत्ता छन्, खोजी भइरहेको छ,’ उनले भने। सामान्य अवस्थामा यस्तो दुर्घटना नहुने फिल्डमा रहेका कमान्डरले बताएको उनले बताए।

‘कुनै गम्भीर प्राविधिक समस्या आएको हुन सक्ने र पानीको बहाव अत्यधिक रहेको ठाउँमा दुर्घटना भएको हो,’ उनले भने।

बेपत्ता हुनेमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी छन्। मनसुनमा वर्षाको कारण आउने बाढीमा फसेकोहरुको कसरी उद्धार गर्ने भनी अभ्यास गरिरहेको बेला उनीहरू नदीमा हराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *