काठमाडौ ,८ असार ।
नेपाली राजदूतावास, नयाँ दिल्लीले आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्ड राज्यको काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवाको सफलतापूर्वक उद्धार गरेको छ । परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम नेपाली राजदूतावास, उत्तराखण्ड प्रहरी तथा सामाजिक संस्था Kin India को सहकार्यमा असार ५ गते ती युवाहरूलाई सकुशल उद्धार गरिएको हो ।
विभिन्न जिल्लाका नेपाली युवाहरूलाई राम्रो रोजगारीको लोभ देखाई भारत ल्याइ कुटपिट तथा यातना दिँदै रकम असुल्ने गिरोहलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । साथै अन्य स्थानहरूमा पनि यसरी बन्धक बनाइएका अन्य नेपाली युवाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको राजदूतावासले जनाएको छ ।
उद्धार गरिएका व्यक्तिहरूको कानूनी प्रक्रिया पूरा गरी चाँडै नेपाल पठाइनेछ नेपाली राजदूतावास, नयाँ दिल्लीले जारी गरेको प्रेस बिज्ञयप्तिमा उल्लेख गरिएको छ।
