२१ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

समाचार

ललितपुर, असार २९।

करीब २१ वर्षअघि ललितपुरको नखिपोटस्थित टाईटानिक रेष्टुरेन्टमा देउसी भैलो खेल्दाखेल्दै भएको कर्तव्य ज्यान घटनामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको छ।

मिति २०६० साल कात्तिक ९ गते राति अन्दाजी ७:३० बजे ललितपुरको नखिपोटस्थित ललिकुमारी सुनुवारको टाईटानिक रेष्टुरेन्टमा देउसी भैलो खेल्ने क्रममा भएको झगडामा लक्ष्मीबहादुर राउतका छोरा, २४ वर्षीय नोरबहादुर राउतमाथि मदनबहादुर लिम्बुसहित सात जनाको समूहले तरवार, रडजस्ता घातक हतियार प्रयोग गरी आक्रमण गरेका थिए।
गम्भीर घाइते भएका राउतको उपचारका क्रममा मिति २०६० साल कात्तिक १० गते वीर अस्पताल काठमाडौंमा निधन भएको थियो।

उक्त घटनापछि फरार रहेका अभियुक्तहरू मध्ये एक, हाल ४९ वर्षीय बिजयकुमार फोम्वो (लिम्बु) लाई विशेष सूचनाका आधारमा काठमाण्डौंको कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–२ स्थायी बासिन्दा हुन् भने हाल काठमाडौं महानगरपालिका–९, गौशालामा बस्दै आएका थिए।

प्रहरीको विशेष टोलीले मिति २०८२ असार २७ गते बिहान करिब ९:३० बजे फोम्वोलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ललितपुर जिल्ला अदालत, लगनखेलमा पेश गरेको जानकारी प्राप्त भएको छ।

प्रहरीले बाँकी फरार अभियुक्तहरूको पनि खोजी तीव्र बनाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *