भन्सार छलि गरिएको सामान सशस्त्र प्रहरी पर्साद्वारा बरामद, भन्सारमा दाखिला

समाचार

वीरगञ्ज, २३ साउन ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएको टोलीले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२५ स्थित आई.सी.पी. चोक नजिक भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरिएको विभिन्न किराना सामान र कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरीले लुकाइछिपाई ल्याइँदै गरेको कुल रु. १,३३,४४० बराबरको सामान बरामद गरी आवश्यक कानुनी कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले उक्त जानकारी दिँदै सीमाक्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरी सदैव सतर्क रहेको बताए।

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि निरन्तर अप्रेसन सञ्चालन गर्दै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *