अपहरण तथा जबरजस्ती करणी मुद्दाकी फरार प्रतिवादी छपकैया टोल बस्ने रुबी पक्राउ।

समाचार

वीरगञ्ज, २५ चैत । अपहरण तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा फरार रहेकी एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार चैत २५ गते बुधबार दिउँसो करिब १२:०० बजे वडा प्रहरी कार्यालय बिर्ता तथा मातहत अस्थायी प्रहरी पोष्ट भकुवाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३ छपकैया टोल बस्ने अन्दाजी २० वर्षीया रुबी खातुन रहेकी छन्। उनी विरुद्ध अपहरण तथा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भई फरार अवस्थामा रहेकी थिइन्।

पक्राउ परेकी खातुनलाई आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *