गोदामबाट भन्सार छलीका ट्याक्टर पार्ट्स बरामद, सञ्चालक पक्राउ

समाचार

वीरगञ्ज, २९ जेठ ।पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१९ बिन्दबासिनीस्थित एक हार्डवेयर पसलबाट भन्सार छली गरी ल्याइएका ट्याक्टरका पार्टपुर्जा बरामद गर्दै पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा बिहीबार दिउँसो करिब २ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले राहुल मेसिनरी हार्डवेयर मा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा भन्सार छली गरी भित्र्याइएका ट्याक्टरका विभिन्न पार्टपुर्जा फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गरिएका पार्टपुर्जाको अनुमानित मूल्य २ लाख ७ हजार रुपैयाँ रहेको छ। घटनामा संलग्न रहेको आरोपमा पसल सञ्चालक बहुदरमाई नगरपालिका–९ निवासी ४० वर्षीय जगत नारायण प्रसाद गुप्ता लाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका गुप्ता र बरामद सामानलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिए।

सीमावर्ती क्षेत्रमा भन्सार छली तथा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको पर्सा प्रहरीले यस्ता अवैध गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडाइ गर्ने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *