ब्राउन सुगरसहित भारतीय नागरिक पर्सा प्रहरीको नियन्त्रणमा

समाचार

वीरगञ्ज, असार ५ । पर्सा प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट १ ग्राम ०.९ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न उनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त लागुऔषध फेला पारेको जनाएको छ।

पक्राउ परेका भारतीय नागरिकमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा लागू औषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सुरक्षा निगरानी कडा पारिएको प्रहरीको भनाइ छ।

पर्सा प्रहरीले लागू औषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *