सशस्त्र प्रहरी पर्साका डिएसपी देवेन्द्र बहादुर सिंहलाई उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्र प्रदान।

समाचार

बिरगंज ,१५ माघ।

बिरगंज भन्सार कार्यालयले प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहलाई उनको कार्यको उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्र प्रदान गरेको छ।

७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा माघ १२ गते एक कार्यक्रमबिच डिएसपी सिंहलाई सो प्रशंसा पत्र प्रदान गरिएको हो।

प्रमुख जिल्ला अधिकारी पर्साको दिनेश सागर भुसालको प्रमुख आतिथ्यमा, प्रमुख जिल्ला अधिकारी बाराका शशिधर घिमिरेको विशिष्ट आतिथ्यमा तथा बिरगंज भन्सार कार्यालयको प्रमुख डिलाराम पन्थीको अध्यक्षतामा सो कार्यक्रमको आयोजना भएको थियोे ।

प्रस्तावित सिमा सुरक्षा गुल्म “वीरगञ्ज बोर्डर आउटपोष्टमा रही व्यापार सहजीकरण र अवैध निकासी/पैठारी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरी भन्सार प्रशासनलाई पुऱ्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा यहाँलाई यो प्रशंसा पत्र प्रदान गरिएको छ।
अगामी दिनमा तपाईबाट अझ बढी प्रतिबद्ध र उत्कृष्ट कार्यसम्पादनको अपेक्षा गर्दै उज्जवल भविष्यको कामना गर्दछौँ  ।”वीरगञ्ज भन्सार कार्यालयले सो प्रशंसा पत्रमा उल्लेख गरेको छ।

डिएसपी सिंहको आगमन कालदेखि नै प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजमा पर्ने क्षेत्रहरूमा तस्करी नियन्त्रण भएको स्थानीयले बताउँछन्।व्यापक रूपमा तस्करीका विभिन्न समानहरु पक्राउ गरि विभिन्न मितिमा बिरगंज भन्सार कार्यालयमा बुझाएका छन् ।

उनको सक्रियताले केहि तस्करहरु तस्करी गर्न छाडेका छन् त केहि तस्करहरु नाका नै परिवर्तन गरेका एक स्थानीय ब्यापारीले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *