बाँसको पात टिप्न गएकी १५ वर्षीया किशोरीको लडेर मृत्यु

समाचार

बारा, भदौ १६ । बारा कलैया उपमहानगरपालिका–१२, शीतलपुरमा बाँसबाट लडेर गम्भीर घाइते भएकी १५ वर्षीया किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।

मिति २०८३ भदौ १५ गते दिउँसो करिब ४ बजे स्थानीय राजेन्द्र मण्डलकी १५ वर्षीया छोरी अञ्जली कुमारी गाईवस्तुको खानाका लागि बाँसको पात टिप्न गएकी थिइन्। सो क्रममा बाँसबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो।

अस्पतालमा उपचाररत अञ्जलीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि सोही दिन राति करिब ८:१० बजे वीरगञ्जस्थित नारायणी मेडिकल कलेज (NMC) लगिएको थियो। चिकित्सकले परीक्षण गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी मटिअर्वाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न मिति २०८३ भदौ १६ गते वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट प्रहरी निरीक्षक नबिन थापा मगरको कमाण्डमा SOCO सहितको टोली खटिएको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाएको थियो। पोस्टमार्टमपछि सोही दिन दिउँसो करिब १२:२५ बजे मृतकका दाइ राजाबाबु मण्डलले शव बुझी लगेका छन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *